चन्द्रागिरि हिल्सको साधारण सभा ३० गते, १५ लाख कित्ता आइपीओ निष्कासनको प्रस्ताव
काठमाडौं, १८ पुस । चन्द्रागिरि हिल्स लिमिटेडले यही पुस ३० का लागि नवौ वार्षिक साधारण सभा आह्वान गरेको छ । उक्त साधारण सभामा १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता आइपीओ निष्कासन गर्ने प्रस्ताव पेश हुदैछ ।
प्रवन्धपत्र तथा नियमावली संशोधनपश्चात कायम हुने जारी पुँजी १ अर्ब ५० करोड रुपैयाँको १० प्रतिशत आइपीओ ल्याउने विषयलाई मुख्य एजेन्डा बनाएको छ। यसका साथै साधारण सभामा गत आर्थिक वर्षको सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा – नोक्सान लगायतका एजेन्डामा पनि छलफल हुनेछ ।