Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

अनलाईन सेयर कारोबारमा राफसाफ प्रभु बैंकबाट गर्न सकिने

अनलाईन सेयर कारोबारमा राफसाफ प्रभु बैंकबाट गर्न सकिने

काठमाडौं, १८ पुस । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले सञ्चालनमा ल्याएको स्वचालित सेयर अनलाईन कारोबारको राफसाफको लागि प्रभु बैंकलाई नयाँ अनलाईन कारोबार प्रणालीमा समावेश गरी स्वचालित अनलाईन कारोबारको राफसाफ बैंकको रुपमा तोकेको छ । योसँगै प्रभु बैंकमा खाता हुने लगानीकर्ताले स्वचालित प्रणालीबाट अनलाईन सेयर कारोबार गरी सेयर खरिद–बिक्रीबापतको रकम रकमान्तर तथा राफसाफ गर्दा सेयर दलाल तथा बैंकसम्म पुग्नु पर्ने छैन ।

बैंकले यसका लागि सुविधायक्त प्रभु अनलाईन ट्रेडिङ बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले बुधबारदेखि सञ्चालनमा ल्याएको प्रभु अनलाईन टे«डिङ्ग बचत खाताबाट लगानीकर्ताले घरमै बसेर स्वचालित अनलाईन सेयर कारोबार गर्न तथा सेयर खरिद बिक्रीबापतको रकम राफसाफ गर्न सक्नेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x