Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

राष्ट्रिय बाणिज्य बैंक ब्राण्ड एम्बासडरमा मिस नेपाल खतिवडा

राष्ट्रिय बाणिज्य बैंक ब्राण्ड एम्बासडरमा मिस नेपाल खतिवडा

काठमाडौं,  १८ पुस । राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको आफ्नो व्यवसाय प्रवद्र्धनको लागि मिस नेपाल–२०१८ श्रृंखला खतिवडालाई ब्राण्ड एम्बासडरमा नियुक्ती गरेको छ । राष्ट्रिय वाणिज्य बैंक र दी हिडन ट्रेजर प्रा.लि. बीच भएको सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजर प्रा.लिको तर्फबाट अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतीले हस्ताक्षर गर्नु भएको छ ।  

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय बाणिज्य बैंक अन्य बाणिज्य बैंकहरुसँग प्रस्तिस्पर्र्धा गर्दै अघि बढिरहेको र आगामी दिनमा यसको सेवालाई अझ विस्तार गर्दै लैजाने क्रममा आफ्नो व्यवसायलाई प्रवद्र्धन गर्नको लागि बैंकले  आफ्नो ब्रान्ड एम्बासडरमा मिस नेपाल २०१८ श्रृंखला खतिवडालाई नियुक्ती गरिएको बताउनुभयो । सो कार्यक्रममा दी हिडन ट्रेजर प्रा.लिको तर्फबाट अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतीले सरकारी बैंकसँगको यस्तो सम्झौताले सरकारी संस्थाप्रति नीजि क्षेत्रको गुनासो कम हुंदै जाने र बैंकले नयाँ पुस्तामा समेत आफ्नो उपस्थिती सशक्त बनाउन सक्ने विश्वास लिएको बताउनुभयो ।

सो कार्यक्रममा मिस नेपाल २०१८ श्रृंखला खतिवडाले आफु सरकारी स्वमात्विमा रहेको बाणिज्य बैंकको ब्रान्ड एम्बासडर हुन पाउदा अत्यन्त खुसी भएको बताउनुभयो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x