Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

साना उद्योगहरुको क्षमता बढाउन वित्तीय पहुँच आवश्यक

साना उद्योगहरुको क्षमता बढाउन वित्तीय पहुँच आवश्यक

काठमाडौं, २० पुस । स्थानीयस्तरमा उपलब्ध कच्चा पदार्थमा आधारित लघु, घरेलु तथा साना उद्योगहरुको क्षमता बढाउन सहज वित्तीय पहुँच आवश्यक भएकोमा सरोकारवालाहरुले जोड दिएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ (एफएनसिएसआई) र एनएमबी बैंकको सहकार्यमा राजधानीमा आयोजित ‘लघु, घरेलु तथा साना उद्यमीहरुको वित्तीय पहुँच अभिबृद्घिका लागि वित्तीय साक्षरता’ विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।

महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले मुलुकको आर्थिक पाटोलाई समृद्घ बनाउन मुख्य भूमिका निर्वाह गर्ने साना उद्योगको क्षमता नै सहज बैंकिङ पहुँचसँग जोडिएको बताए । साना उद्योगहरुलाई गतिशील बनाउन सके मात्रै मुलुकमा भयावह बन्दै गएको व्यापारघाटा न्यूनीकरण गर्न सकिने उनको भनाई थियो ।
त्यस्तै एनएमबी बैंकका प्रमुख व्यापार अधिकृत गोविन्द घिमिरेले बैंकले बैंकले लघु, घरेलु तथा साना उद्योगका क्षेत्रमा प्राथमिकताका साथ लगानी गरिरहेको बताउँदै व्यवसायी र व्यवसाय अनुशासित भएमा बैंकबाट लगानीको समस्या नहुने बताए ।

कार्यक्रममा लघु, साना तथा मझौला उद्यमहरुलाई आर्थिक स्रोत सुनिश्चित गर्ने र स्रोतको अधिकतम उपयोग गर्ने विषयमा प्रशिक्षण प्रदान गरिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x