Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

महालेखापरीक्षकको कार्यालयको भवन शिलान्यास

महालेखापरीक्षकको कार्यालयको भवन शिलान्यास

काठमाडौं, १८ मंसिर । महालेखा परीक्षकको कार्यालयले नयाँ भवन निर्माण थालनी गरेको छ । २०७२ साल बैशाख १२ गतेको विनासकारी भूकम्पले साविकको भवनमा क्षति पुगेपछि कार्यालयले अनामगरस्थित लोकसेवा आयोग केन्द्रीय कार्यालय र महालेखा नियन्त्रक कार्यालयको अगाडि कार्यालयको नयाँ भवन निर्माण गर्न लागेको हो । राष्ट्रपति विद्यादेवि भण्डारीले आज भवनको शिलान्यास गरिन ।

भवन शिलान्यास गर्दै राष्ट्रपति भण्डारीले मुलुकमा आर्थिक अनुशासनहिनता बढेकोमा चिन्ता व्यक्त गरिन । राष्ट्रपति भण्डारीले आर्थिक अनुशासनहीनता, भ्रष्टाचार र गैरजवाफदेही बढ्दा त्यसले अन्तर्राष्ट्रियरुपमा समेत नेपालको सुशासनको शाख गिरिरहेकोमा चिन्ता व्यक्त गर्दै यसलाई अन्त्य गर्नेतिर ध्यान दिनुपर्ने बताइन ।

त्यस्तै महालेखापरीक्षक टंकमणी शर्मा दंगालले स्थान अभावका कारण दैनिक कार्यसम्पादन नै प्रभावित भइरहेको बताए । सरकारले उपलब्ध गराएको १० रोपनी १३ आना जग्गामा ६९ करोड २० लाख रुपैयाँ लागतमा भवन निर्माण हुन लागेको हो । दुई तला जमिनमुनि र ७ तला गरी जमिनमाथि गरी भवन नौ तले हुनेछ । लुम्बिनी–गौरीपावर्ती–शान्ति जेभीसँग भवन निर्माणका लागि ५४ करोड २२ लाख रुपैयाँमा सम्झौता भएको छ । उक्त भवन आगामी २०७६ साल २० भदौ भित्र सम्पन्न गर्ने लक्ष्य छ । भवन निर्धारित अवधीमै सम्पन्न हुने विश्वास महालेखा परीक्षक शर्माले व्यक्त गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x