Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

शसिन जोशीले नबिल छाडे

शसिन जोशीले नबिल छाडे

काठमाडौं, १८ मंसिर । शसिन जोशीले नबिल बैंक छाडेका छन् । जोशीले नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतको पदबाट राजिनामा दिएका हुन् । संचालक समितिसंग विवाद बढ्दै गएपछि जोशीले पदबाट राजिनामा दिएका छन् ।

जोशी पौष १७ बाट विदा बस्ने भनिएपनि उनले राजिनामा दिएका छन् । आज बसेको संचालक समितिको बैठकमा जोशीले राजिनामा बुझाएका हुन् । जोशीले संचालक समितिलाई राजिनामा बुझाएको जानकारी बैंकका एक संचालकले हामीलाई गराएका छन् ।

यस्तै बैंकको आज बसेको संचालक समितिको बैठकले कृष्ण प्रसाद शर्मालाई संचालकको पदबाट हटाएर एनएमबि बैंकका पुर्व प्रमुख कार्यकारी अधिकृत एवं बैंकर्स संघका पुर्व अध्यक्ष उपेन्द्र पौडेललाई संचालकमा नियुक्त गराएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x