Date

बुध, कार्तिक ७, २०८१
Wed, October 23, 2024

राष्ट्रिय बाणिज्य बैंकले ल्यायो सहुलियतपूर्ण कर्जा, ३ लाख देखि ५ करोड सम्म

राष्ट्रिय बाणिज्य बैंकले ल्यायो सहुलियतपूर्ण कर्जा, ३ लाख देखि ५ करोड सम्म


काठमाडौं, २४ पुस । राष्ट्रिय वाणिज्य बैंकले देशभरका बेरोजगार युवा तथा विपन्न वर्गलाई लक्षित गर्दै ३ लाखदेखि ५ करोड रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ । बैंकले सोमवार औपचारिक कार्यक्रम गरी यो कार्यक्रम घोषणा गरेको हो ।

सरकारले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि घोषणा गरेर कार्यान्वयनका लागि सबै वित्तीय संस्थालाई परिपत्र गरेपछि बैंकले सहुलियत पूर्ण कर्जा उपलब्ध गराउने घोषणाा गरेको हो ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले देशका शिक्षित बेरोजगार युवाको सीप र जाँगर उजागर गर्न सरकारले लिएको सहुलियतपूर्ण कर्जाको नीति कार्यान्वयनमा सघाउन योजना शुरू गरिएको बताए । उनका अनुसार ७४ जिल्लामा रहेको बैंकका २ सय १० वटै शाखाबाट यो सेवा सुविधा दिइने छ ।

हालसम्म बैंकको केन्द्रीय कार्यालयमा मात्रै यस्तो कर्जाका लागि ८३ आवेदन आइसकेको बताइएको छ । त्यसमध्ये पहिलो २ जनालाई बैंकले सोमवार भएको औपचारिक कार्यक्रममै कर्जा प्रदान गरेको थियो ।

बैंकले न्यूनतम ३ लाखदेखि अधिकतम ५ करोड रुपैयाँसम्म कर्जा उपलब्ध गराउने छ । त्यसमा १० लाख रुपैयाँ साधारण कर्जा हुने छ भने त्यसभन्दा बढी रकम सम्बन्धित परियोजनाको प्रकारमा उपलब्ध गराइने प्रावधान छ । कर्जा किस्ता किस्तामा उपलब्ध गराइने छ । साना तथा ठूला परियोजनाका आधारमा त्यस्तो किस्ता ५ देखि ७ सम्म पनि हुनसक्ने बैंकले जानकारी दिएको छ । परियोजनाको बीमा गर्नुपर्ने भएमा बीमा गरेको पोलिसी बैंकलाई पेश गरेपछि मात्र कर्जा उपलब्ध गराइने छ ।

सरकारले साधारण कर्जाका लागि ५ प्रतिशत र महिला उद्यमशीलता कर्जाका लागि ६ प्रतिशत ब्याज अनुदान दिइने जानकारी दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x