एनएमबि बैंकको साधारण सभा भोली, ३० प्रतिशत लाभांश वितरणको प्रस्ताव

काठमाडौं, २५ पुस । एनएमबि बैंकको भोली साधारण सभा हुदैछ । बैंकले साधारण सभामा ३० प्रतिशत लाभांश पारित गर्ने विशेष प्रस्ताव पेश गर्ने छ ।

बैंकले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको थियो । एनएमबिले बोनसका लागि ८७ करोड ४३ लाख ७८ हजार रुपैयाँ र नगद लाभांश वितरणमा १ अर्ब ७४ करोड ८७ लाख ५६ हजार रुपैयाँ छुट्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *