Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

क्‍यान इन्फोटेक २०१९ माघ १५ देखि हुने

क्‍यान इन्फोटेक २०१९ माघ १५ देखि हुने

काठमाडौं, २५ पुस । कम्‍प्युटर एशोसिएशन नेपाल (क्‍यान) महासंघले काठमाडौंमा माघ १५ गतेदेखि २० गतेसम्‍म क्‍यान इन्फोटेक २०१९को आयोजना गर्ने भएको छ। महासंघले मंगलबार पत्रकार सम्‍मेलनको आयोजना गरी सूचना प्रविधिको क्षेत्रमा नयाँ नयाँ खोज र अनुसन्धानलाई प्रदर्शनमा राखिने जानकारी दिएको हो ।

क्‍यान महासंघका अनुसार यस पटक क्‍यान इन्फोटेकमा रोबोटलाई स्टेजमा उतार्ने तयारी भइरहेको छ । नेपाल कृषि प्रधान देश भएकाले नेपाली किसानका लागि उपयोगी हुने प्रविधिको समेत प्रदर्शनी गरिने छ । साथै विरुवामा लाग्‍ने रोग, मेडिकल क्षेत्रमा उपयोग हुने प्रविधिको समेत प्रदर्शनीमा देखाउने तयारी भइरहेको छ ।

इन्फोटेकमा ३ लाख भिजिटर पुर्‍याउने लक्ष्‍य रहेको महासंघले जनाएको छ । कुल १७५ वटा स्टलहरु रहने क्‍यान इन्फोटेक मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसनन्स, मोबाइल एक्सेसरीज, डिलर र डिस्ट्रिब्‍यूटर, इन्टरनेट सेवाप्रदायक आइसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्‍युट, सफ्टवेयर सोलुसन्स, पेमेन्ट सोलुसन्स रहनेछन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x