Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

एशियन लाईफको “दम्पती सुरक्षा प्लस (संयुक्त सावधिक)” जीवन बीमा योजना

एशियन लाईफको “दम्पती सुरक्षा प्लस (संयुक्त सावधिक)” जीवन बीमा योजना

काठमाडौं, २५ पुस । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले “दम्पती सुरक्षा प्लस (संयुक्त सावधिक)” जीवन बीमा योजना ल्याएको छ । यो योजनामा एउटै बीमालेखबाट श्रीमान÷श्रीमती दुबैजनाको जोखिम बहन हुने कम्पनीले जनाएको छ।

त्यस्तै उक्त योजनामा ५० हजार देखि माथि जतिसुकै रकमको बीमा गर्न सकिने, ठूलो बीमाङ्कको बीमाशुल्क रकममा छुट सुविधा, दुर्घटना मृत्यु लाभ,स्थायी अपाङ्ग÷अशक्त सुविधा एवं बीमा शुल्क छुट सुविधा रहेको जनाइएको छ । यस बीमा योजना अन्तर्गत बीमा अवधि समाप्त हुने मितिसम्म दुबै बीमित जीवित रहेमा पूरै बीमाङ्क रकम र आर्जित बोनस, बीमा अवधि भित्र दुईमध्ये एक बीमितको मृत्यु भएमा बीमाङ्कको १०० देखि २५० प्रतिशत रकम भुक्तानी दिइने कम्पनीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

हाल कम्पनीको अधिकृत पूँजी ५ अर्ब, चुक्ता पूँजी १ अर्ब २५ करोड रुपैयाँ रहेको छ भने कम्पनीको २०७५ असोज मसान्तसम्म १३ अर्ब ८८ करोड ८५ लाख रुपैयाँ बराबरको जीवन बीमा कोष रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x