Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नेपाल र जापानबीच हवाई सेवा सम्झौतापत्रमा हस्ताक्षर

नेपाल र जापानबीच हवाई सेवा सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौँ, २५ पुस । नेपाल र जापानबीच हवाई सेवा सम्झौता संशोधन पत्रमा हस्तक्षर भएको छ । हवाइ सेवा समझौता पत्रमा संशोधन पत्रमा हस्तक्षर भएसगै नेपाल र जापाँन बीच सिधा हवाइ सेवा संचालनका लागि बाटो खुलेको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उहाँका जापानी समकक्षी तारो कोनो नेतृत्वको प्रनिधिमण्डलबीच बुधबार अपराह्न राजधानीमा भएको द्विपक्षीय वार्तामा त्यस्तो सहमति भइ समझौतामा हस्तक्षर भएको हो । समझौता पत्रमा परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञावली र जापनका विदेश मन्त्री तारोकोनोले हस्ताक्षर गर्नुभयो ।

त्यसैगरी, नेपाल र जापानको परराष्ट्र मन्त्रालयबीच सहयोग प्रवद्र्धन गर्नेसम्बन्धी द्विपक्षीय परामर्श संयन्त्र निर्माण भएको छ । दुई देशबीच पारस्परिक हित र चासोका विषयमा सहयोग र साझेदारी प्रवद्र्धनका निम्ति उक्त संयन्त्रले मार्गनिर्देश गर्नेछ ।

नेपाली श्रमिक जापानमा रोजगारीमा पठाउनेसम्बन्धी श्रम समझदारी शीघ्र सम्पन्न गर्न पनि दुवै मुलुक सहमत भएका छन् । परामर्श संयन्त्रले नेपाल–जापान सम्बन्धका सबै पक्ष र आयाममा बृहत् छलफल गर्नुका साथै सहायताका नयाँ क्षेत्र पहिल्याउनेछ । साथै आपसी हित र स्वार्थका साझा मामिला तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा विचार आदानप्रदानका लागि सेतुको भूमिका निर्वाह गर्नेछ । सहमतिपत्रमा परराष्ट्रसचिव शङ्करदास वैरागी र नेपालका लागि जापानका राजदूत मासामिची साइगोले हस्ताक्षर गर्नुभएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x