सन् नेपालद्वारा बीमा जागरण कार्यक्रम संचालन
काठमाडौं, २५ पुस । सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा जागरण अभियान तथा दावी भुक्तानी गरेको छ । दुघर्टनामा परि अपाङ्ग भएका सन नेपाल लाइफ इन्स्योरेन्समा बीमा गराएका कैलाली लम्कीका डिल्लीराज उपाध्यायलाई अशक्तता लाभ बापतको ३ लाख रुपैयाँ कम्पनीले भुक्तानी गरेको हो ।
यसका साथै कम्पनीले सोही दिन लम्कीमा बृहत बीमा जागरण तथा अभिकर्ता सम्मान कार्यक्रम पनि सम्पन्न गरेको थियो । उक्त कार्यक्रममा कम्पनीका महाप्रबन्धक कमलराज गौतम, ब्राण्ड एम्वेस्डर सिताराम कट्टेल “धुर्मुस” र कुञ्जनाधिमिरे “सुन्तली” ले जीवनबीमाको महत्व तथा लाभका बारेमा सर्वसाधारणलाई जानकारी गराएका थिए ।