Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

गत साता सेयर बजारमा दोहोरो अंकको सुधार

गत साता सेयर बजारमा दोहोरो अंकको सुधार

काठमाडौं, २८ पुस । गत साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) पहिलो दिनको तुलनामा १०.०५ अंकले बढेको छ । साताको पहिलो कारोबार दिन आइतबार ११७०.७९ को बिन्दुमा रहेको नेप्से अन्तिम दिन बिहिबार ११८०.८४ को विन्दुमा उक्लिएको छ ।

सातामा ५ दिनको कारोबारमा जम्मा ७२ लाख ८४ हजार ६ सय १७ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ६६ करोड ९२ लाख ९२ हजार ६७ रुपैया बराबरको कारोबार भएको छ । यो साता सबै भन्दा बढी नेपाल बैंकले २ दिन अग्रता लिएको हो ।
आइतबार कुल १ सय ५६ कम्पनीको १३ लाख ६३ हजार ५४ कित्ता सेयर खरिद बिक्री हुँदा ३१ करोड ३ लाख रुपैयाँ भन्दा बढीमा कारोबार भएको थियो । त्यसैगरी साताको दोस्रो दिन सोमबार ६.६७ अंकले बढेर १,१७७ .४६ विन्दुमा बन्द भएको थियो । सोमबार कुल १०४ कम्पनीको ९,१४,२३९ कित्ता सेयर खरिद बिक्री हुँदा ३० करोड १९ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको थियो ।
मंगलबार नेप्से ०.४० अंकले घटेको १,१७७.०७ विन्दुमा कारोबार रोकिएको थियो भने सो दिन ११,०५,०२० कित्ता सेयर खरिद बिक्री भई ३४ करोड २७ लाख ८६ हजार ५ सय ९६ रुपैयाँ बराबरको कारोबार भएको थियो । तीन दिन लगातार घटेको सेयर बजारमा बुधबार भने सामान्य सुधार देखिएको थियो । सो दिन नेप्से २.२९ अंकले बृद्धि भएर १,१७९.३६ विन्दुमा कारोबार बन्द भएको थियो । २५,१३,९१२ कित्ताहरु खरिद बिक्री हुँदा ३४ करोड ७८ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको थियो ।
त्यस्तै साताको अन्तिम दिन नेप्से सुचक १.४ अंकले बढेर १,१८०.८४ विन्दुमा बन्द भएको थियो । विहिबार बजारमा कुल १ सय ६३ कम्पनीको १३,८७,५९२ कित्ता सेयर खरिद बिक्री हुँदा ३६ करोड ६३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x