Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

६ वटा प्रदेशमा सन्राईज बैंकको प्रादेशीक कार्यालय संचालन

६ वटा प्रदेशमा सन्राईज बैंकको प्रादेशीक कार्यालय संचालन

काठमाडौं, २८ । सन्राइज बैंकले मुलुकभरका जनतालाई वित्तिय सेवा, सुविधा उपलब्ध गराउने अभिप्रायले देशका विभिन्न ६ प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गरेको छ । बैंकले प्रदेश नं १ को ईटहरी , प्रदेश नं २ को लाहान , प्रदेश नं ४ को पोखरा , प्रदेश नं ५ को बुटवल , प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को अत्तरियामा प्रादेशिक कार्यालयहरु स्थापना गरेको हो ।

प्रादेशिक कार्यालयहरुले आफ्नो मातहतमा रहेका शाखाहरुको अनुगमन, सर्वसुलभ तथा उच्चस्तरीय बैंकिङ्ग सेवा, संस्थागत सुशासन, साथै व्यापार विस्तारका कार्यहरु छिटो, छरितो र चुस्त रुपमा सम्पादन गर्ने विश्वास बैंकको रहेको छ ।

उक्त प्रादेशिक कार्यालयहरुको सामुहिक समुद्घाटन बैंकका संचालक समितिका अध्यक्ष मोतीलाल दुगड, संचालकहरु ई. बच्छराज तातेड, ज्योति कुमार बेगानी, ओमकृष्ण जोशी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले गरेका थिए ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्धेश्यले बैंकले १ सय २ वटा शाखा, २८ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, १ सय १४ वटा एटिएम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x