माघे संक्रान्तिका लागि टोखामा चाकु बनाउन भ्याईनभ्याइ (फोटो फिचर)
काठमाडौं, ३० पुस । माघे सक्रान्ति नजिकिएसंगै बजारमा चाकु, लडडु र तरुलको ब्यापार बढेको छ । हिन्दु परम्परामा विषेश गरि माघे संक्रान्तिमा तरुल, चाकु तिलको लडडु खाने प्रचलन रहिआएको छ । अहिले उपत्यकाका विभिन्न व्यापारिक क्षेत्रहरुमा विषश गरि चाकुको व्यापार बढेको छ ।
काठमाडौंको टोखाकाव्यापारीहरुलाई भने यतिबेला चाकु बनाउन भ्याई नभ्याई छ । यहाँको चाकु नेपालको विभिन्न स्थानका साथै विदेशमा समेत निर्यात हुने गरेको छ । टोखामा पुर्खौली पेसाको रुपमा चाकु उत्पादन पेसा संचालन गर्दै आएका हरि बहादुर श्रेष्ठले आफुले उत्पादन गरेको चाकुको माग काठमाडौंका विभिन्न स्थान र केहि उपत्याका बाहिर र बिदेशमा पनि हुने गरेको बताउछन् ।
विदेशबाट माग भएता पनि नेपालमा ग्रेडिङ्ग प्याकेजिङ्ग र ल्यावटेष्ट मेसिनहरु नहुँदा निर्यातमा गर्नमा धेरै समस्या भएको उनको गुनासो छ ।
चाकु उत्पादनमा प्रख्यात मानिएको टोखामा चाकुको व्यवसायबाट नै लाखौको आम्दानी हुने गरेको छ । अहिले टोखामा झण्डै दर्जन बढी चाकु उद्योगहरु रहेका संचालनमा रहेका छन् । उपभोक्ताहरुले टोखाको चाकुलाई अधिक मन पराउने गरेका कारण पनि टोखामा यो व्यवसाय फष्टाउँदो छ । त्यतिमात्र होइन, नयाँ पुस्तामा समेत यस व्यवसायमा आकर्षण त्यतिकै देखिन्छ ।
व्यवसायीलाई मात्र नभएर बेरोजगार युवाहरुलाई पनि चाकु बनाउने सिजनमा रोजगारीको अवसर उत्तिकै मिलेको छ । बजार माग अनुसार व्यवसायीहरुले चाकु उत्पादन गर्न भने अझै नसकेको व्यासायीहरुको भनाई छ । चाकु उत्पादन आज पनि पराम्परागतशैैलीबाट गरिने हुँदा पनि चाकु उद्योगलाई व्यवस्थीत गर्दै आधुनिक मेसिनहरुको प्रयोगमा सरकारले पनि चासो देखाउनु पर्ने उनीहरुको माग छ ।
यसका साथै चाकु बनाउनका लागि चाहिने उखु पहिले टोखामा नै उत्पादन हुने गर्दथ्यो । तर हाल भने बढ्दो जनसङ्ख्यासंगै टोखामा उखु उत्पादन घटे पछि सख्खर तराई तथा भारतबाट आयात गरिन थाले पछि चाकुको गुणस्तर पनि घटेको व्यापारीहरु नै स्विकार गर्छन ।