जनता बैंकले ८.५० प्रतिशत नगद लाभांश दिने

काठमाडौं, ३० पुस । जनता बैंक नेपालको नवौं वार्षिक साधारणसभा सम्पन्न् भएको छ। राजधानीमा आइतबार सम्पन्न वार्षिक साधारण सभाले चुक्ता पूँजीको ८.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले सम्बन्धित निकायको स्वीकृतिमा बैक आफै वा सहायक कम्पनी मार्फत सेयर ब्रोकर सम्बन्धि कार्य गर्ने ब्यवस्था प्रवन्धपत्रमा थप गर्न स्वीकृत गर्नुका साथै, बैक र अन्य उपयुक्त बैक र वित्तीय संस्था एक आपसमा गाभ्न÷गाभिन वा स्वदेशी विदेशी रणनीतिक साझेदारीमा जानका लागि आवश्यक अख्तियारी सञ्चालक समितिलाई प्रदान गरेको छ ।

ऋहिले बैकको निक्षेप संकलन ६८ अर्ब र कर्जा लागानी ६३ अर्ब रुपैयाँ पुगेको छ । त्यस्तै शाखा संजाल १ सय २९ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *