
भूकम्पबाट नेपाली परिवार प्रभावित हुँदा अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीहरुले पनि आर्थिक कठिनाई बेहोर्नु परेको भन्दै यो सहुलियत दिइएको थियो ।अब यो सहुलियत मंगलबारदेखि लागू भएको छ र २४ जुन २०१८ सम्म कायम रहनेछ ।
यसअघि नेपाली विद्यार्थीहरुले सातामा २० घन्टाभन्दा बढी काम गर्न पाउँदैनथे भने क्याम्पसभित्र मात्र काम गर्न पाउँथे । तर, यो सहुलियतपछि एफ-१ भिसा लिएर नेपाली विद्यार्थीहरुले क्याम्पस बाहिर काम गर्न आवेदन दिन सक्नेछन् ।
सहुलियतका लागि नेपाली विद्यार्थीहरुले आवेदन दिनु पर्नेछ । तर, नेपालमा भूकम्प गएको दिन (२०१५ को अप्रिल २५) वा त्यसभन्दा अघिदेखि नै अमेरिकामा पढिरहेको हुनुपर्नेछ ।
अमेरिकी सरकारी तथ्यांक अनुसार ९ हजारभन्दा बढी नेपाली विद्यार्थीसँग एफ-१ भिसा छ ।
भूकम्पको प्रभावलाई मध्यनजर गर्दै अमेरिकी सरकारले गत कार्तिकमा नेपाली आप्रवासीहरुलाई ‘टेम्पोररी प्रोटेक्टेड स्टास्टस’ (टिपीएस) को सुविधालाई थप डेढ बर्षका लागि नवीकरण गरेको थियो ।
Leave a Reply