Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सांग्रिला डेभलपमेन्ट बैंकले तोक्यो बुक क्योजको मिति

सांग्रिला डेभलपमेन्ट बैंकले तोक्यो बुक क्योजको मिति

काठमाडौं, १९ मंसिर । सांग्रिला डेभलपमेन्ट बैंकले मंसिर २७ देखी पौष ४ गतेसम्मका लागि शेयर दर्ता पुस्तिका बन्द गर्ने भएको छ । ८० प्रतिशत हकप्रद शेयर निष्कासनको तयारीमा रहेकोले बैंकको शेयर दर्ता पुस्तिका बन्द गर्न लागिएको हो ।

मंसिर २६ गतेसम्म यस बैंकको शेयर किन्ने लगानीकर्ताहरु ८० प्रतिशत हकप्रद शेयरको हकदार बन्नेछन् । बैंकले एक सय रुपैयाँ अंकित मुल्य भएको १ अर्ब ८ करोड ६७ लाख ७९ हजार ८५० रुपैयाँ बराबरको १ करोड ८ हजार ६७ हजार ७९८.५० कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो । हकप्रद शेयर निष्कासन पछि बैंकको चुक्ता पुँजी २ अर्ब ४४ करोड रुपैयाँ पुग्ने छ । बैंकको हाल चुक्ता पुँजी १ अर्ब ३५ करोड रुपैयाँ रहेको छ ।

बैंकको १२औं वार्षिक साधारण सभामार्फत शेयरधनीहरुलाई १ बराबर ०.८ कित्ता हकप्रद शेयर जारीको प्रस्ताव पारित गरेको थियो । बैंकको हकप्रद शेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x