Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

प्रतिनिधिसभा तथा प्रदेशसभा दोस्रो चरणको निर्वाचनमा एक करोड २२ लाख मतदाता, कति खस्ला भोट ?

प्रतिनिधिसभा तथा प्रदेशसभा दोस्रो चरणको निर्वाचनमा एक करोड २२ लाख मतदाता, कति खस्ला भोट ?

काठमाडौं, मंसीर २० । प्रतिनिधिसभा तथा प्रदेशसभा दोस्रो चरणमा ४५ जिल्लामा हुने निर्वाचनमा एक करोड २२ लाख मतदाता मतदानका लागि योग्य रहेको निर्वाचन आयोगले जनाएको छ । बिहीबार हुने दोस्रो चरणको निर्वाचनमा बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान गर्न सकिनेछ । प्रदेश १ का सात जिल्ला, २ का आठ, ३ का सात, ४ का पाँच, ५ का दश, ६ का तीन र प्रदेश ७ का पाँच जिल्लामा भोलि मतदान हुँदैछ । प्रतिनिधिसभा सदस्यका लागि १२८ सीटका लागि चुनाव हुन लागेको हो भने प्रदेशसभातर्फ २५६ पदमा चुनाव हुनेछ । जसका लागि ७ हजार ७सय ५३ मतदानस्थलबाट १५ हजार ३ सय ४४ मतदान केन्द्रहरुबाट मतदान हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x