Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

आज मध्यरातिबाट सवारी साधन संचालनमा रोक, गृहमन्त्रालयले भन्यो–१२ बजे सम्म गन्तव्यमा पुग्नु

आज मध्यरातिबाट सवारी साधन संचालनमा रोक, गृहमन्त्रालयले भन्यो–१२ बजे सम्म गन्तव्यमा पुग्नु

काठमाडौं, २० मंसिर । दोश्रो चरण अन्तर्गतको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन हुने जिल्लाहरूमा आज मध्यरातिबाट सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ । गृह मन्त्रालयका अनुसार भोली बिहान ७ बजे मतदान सुरु हुने भएपनि आज मध्यरातिदेखि स्थानीय प्रशासनले सवारी साधन सञ्चालनमा रोक लगाइने छ ।

आज मध्य रातीदेखि निजी तथा सार्वजनिक सवारी साधन सञ्चालन गर्न नपाउने भएपनि आयोगबाट पास लिएका र अत्यावश्यक सेवाका साधन भने चल्न दिइने मन्त्रालयले बताएको छ । भोली साँझ मतदानपछि पनि मतपेटिका सुरक्षित रूपमा केन्द्रमा पुर्‍याउने सहितका काम बाँकी रहने हुँदा भोली साँझ ७ बजेसम्म सवारी साधन सञ्चालन गर्न नपाइने गृह मन्त्रालयले जनाएको छ ।

आज राति १२ बजे अगावै गन्तव्यमा पुग्ने व्यवस्था मिलाउन पनि गृह मन्त्रालयले यात्रुहरुलाई भनेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x