Shangrila

मिरमिरे माइक्रोफाइनान्सको लाभांश परिमार्जित

काठमाडौं, २० मंसिर । मिरमिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले प्रस्ताव गरेको लाभांश परिमार्जित भएको छ । माइक्रोफाइनान्सले शेयरधनीहरुलाई ३०.८० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.६२ प्रतिशत नगद लाभांश .दिने निर्णय गरेको थियो । तर नेपाल राष्ट्र बैंकले ग्राहक संरक्षण कोषमा पर्याप्त रकम विनियोजन गरि पुनः विवरण पेश गर्न निर्देशन दिए पछि माइक्रोफाइनान्ले प्रस्तावित नगद लाभांशलाई नै ग्राहक संरक्षण कोषमा विनियोजन गर्ने भएको छ । सोहि कारण शेयरधनीहरुले कर प्रयोजनका लागि नगद लाभांश नपाउने भएको छ । यद्यपी बोनस शेयर भने यथावत नै रहेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *