Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

बैंकका कार्यकारी र सञ्चालकलाई कुलिङ पिरियड

बैंकका कार्यकारी र सञ्चालकलाई कुलिङ पिरियड

काठमाडौं,७ माघ । नेपाल राष्ट्र बैंकले बैंकका कार्यकारी र सञ्चालकलाई कुलिङ पिरियड अनिवार्य गरेको छ । कुलिङ पिरियड लागु गरेसँगै अब  बैंक तथा वित्तीय संस्थाका सञ्चालक समिति सदस्य, प्रमुख कार्यकारी अधिकृत र नायब कार्यकारी अधिकृत जुनसुकै कारणबाट हटेमा कम्तीमा छ महीनाको समय व्यतित नभई कुनै पनि संस्थामा सोही हैसियतमा काम गर्न पाउने छैनन् । बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन, २०७५ मा यस्तो ब्यवस्था समावेश गरिएको हो ।

एकिकृत निर्देशन अनुशार बैंकले कुनै सञ्चालक आफ्नो पदावधि समाप्त नहुँदै जुनसुकै कारणबाट हटेमा त्यस्तो व्यक्ति पुनःसोही कार्यकालभित्र सोही संस्थाको सञ्चालक पदमा निर्वाचित वा मनोनीत हुन नपाउने व्यवस्था गरेको छ । बैंक तथा वित्तीय संस्थामा कार्यरत प्रमुख कार्यकारी अधिकृत प्रचलित व्यवस्थाको अधीनमा रही पुनःनियुक्ति पाएको अवस्थाबाहेक जुनसुकै कारणले आफ्नो सेवाबाट निवृत्त भएमा कम्तीमा छ महीनाको अवधि व्यतित नगरी कुनै पनि संस्थामा सोही पदमा नियुक्त हुन पाउने छैन ।

त्यस्तै इजाजत प्राप्त ‘क’ वर्गका वाणिज्य बैंकमा कार्यरत दोस्रो बरियताको पदाधिकारी सेवाबाट हटेपछि छ महीनाको अवधि व्यतित नभई इजाजतप्राप्त संस्थाको समान प्रकृतिको पदमा नियुक्ति हुन पाउने छैन ।

यसै बीच राष्ट्र बैंकले भारतीय रुपैयाँ भारतमा बाहेक अन्य मुलुकमा लैजान वा अन्य मुलुकबाट नेपाल ल्याउन प्रतिबन्ध लगाएको छ ।

भारतमा मात्र भारु १०० र सोभन्दा कम दरका नोट तथा मुद्रा प्रचलित व्यवस्था बमोजिम ल्याउन लैजान वा सटही गर्ने सकिने व्यवस्था गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x