Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

राष्ट्रिय वाणिज्य बैंकको शाखा संजाल २ सय १५ पुग्यो

राष्ट्रिय वाणिज्य बैंकको शाखा संजाल २ सय १५ पुग्यो

काठमाडौं, ७ माघ । राष्ट्रिय वाणिज्य बैकले काठमाडौं महानगरपालिका वडा न. ६ बौद्ध, जाजरकोट भेरी नगरपालिका वडा न. ४ गौरीखाली र रुकुम पूर्व जिल्लाको सिस्ने गांउपालिका वडा न. ६ स्थित रुकुमकोटबाट कारोबार सुरु गरेको छ । योसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २ सय १५ पुगेको छ ।

ग्राहकमैत्री सेवा र ब्यवहारलाई प्राथमिकतामा राख्दै आकर्षक भौतिक पूर्वाधार, चुस्त तथा सहज सेवा र आधुनिक इलेक्ट्रोनिक उपकरणहरुको अधिकतम प्रयोग गर्ने गरी पहिलो चरणमा बैंकका तीनवटा शाखा कार्यालयलाई स्मार्ट ब्रान्चको रुपमा विकास गरेको छ । जसमा काठमाडौंको नक्साल, लिलितपुरको पुल्चोक र हेटौंडाको शाखा कार्यालय रहेका छन् । ति कार्यालयको स्मार्ट सेवा माघ १० गने देखि सुभारम्भ गरिने बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x