Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

सेयर बजारमा आज पनि दोहोरो अंकको गिरावट

सेयर बजारमा आज पनि दोहोरो अंकको गिरावट

काठमाडौ, ७ माघ । साताको दोस्रो कारोबार दिन सोमबार (आज) पनि सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । बजार १०.८६ अंकले घटेर ११६८.०६ को बिन्दुमा झरेको छ ।
कारोबारमा आएका मध्ये फाइनान्स बाहेक अरु सबै समुहको परिसुचक ओरालो लागेपछि समग्रमा बजारमा गिरावट देखिएको हो । फाइनान्स समुहको परिसुचक ०.६५ अंकले मात्र बढेको छ ।

कारोबारमा भने आज पनि माथिल्लो तामाकोशी हाइड्रोपावरले नै अग्रता लिएको छ । एक सय ६६ कम्पनीको ३६ करोड ७७ लाख रुपैयाँको कारोबार भएकोमा माथिल्लो तामाकोशीको मात्र १० करोड बढीको कारोबार भएको छ ।

सबैभन्दा धेरै गोर्खाज फाइनान्सका लगानीकर्ताले कमाएका छन् भने माथिल्लो तामाकोशीको लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यसको सेयर मुल्य ९.९३१५१ प्रतिशतले घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x