अन्तराष्ट्रिय समुदायलाई नेपालमा लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं, ९ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तराष्ट्रिय समुदायलाई नेपालमा लगानीको लागि आग्रह गरेका छन् । स्वीट्जरल्यान्डको डावोस जारी विश्व  आर्थिक मंचको  बैठकलाइ संवोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा लगानीको उपयुक्त वातावरण तयार भएको तथा त्यसका लागि लगानी मैत्री, ऐन कानून जारी भएका जानकारी गराउदै अन्तर्राष्ट्रिय समुदायलाई लगानीका निम्ति आग्रह  गरेका हुन ।  

बैठकलाइ संवोधन गर्दै प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल तथा सुखी नेपाली’को लक्ष्य पुरा गर्न वर्तमान सरकारले आफ्ना प्रयास आर्थिक विकास तथासुशासनमा केन्द्रित गरेको लागनीको उयुक्त बातवरण बनेको बताए ।

‘सरकार नेपाली जनताका विकासका आकाङ्क्षा कार्यान्वयन गर्न ध्यान केन्द्रित गरेको छ  । नेपालले नयाँ नीतिका साथ आर्थिक तथा सामाजिक क्षेत्रमा सुधार गरिरहेको छ, सवोधनको क्रममा उनले भने ।

नेपाल नयाँ राजनीतिक चरणमा प्रवेश गरेको तथा यसले वातावरण संरक्षण, दिगो विकास र जनताप्रति समर्पित भएर काम गरिरहेको प्रधानमन्त्रीले ओलीले बताए । प्रधानमन्त्री ओलीले भविष्यका पुस्ताप्रति सन्तुलित, सचेत र जिम्मेवारपूर्ण विकासका प्रयास गरिरहेको बताउँदै राजनीतिक स्थायित्व एवं नीतिगत स्पष्टतासहित वैदेशिक लगानी भित्र्याउन तल्लीन रहेको उल्लेख गरे

नेपालले सामाजिक र आर्थिक रुपमा द्रुत गतिमा परिवर्तन र विकास गरिरहेको जानकारी दिँदै छिमेकीका साथै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संस्थासँग सुमधुर सम्बन्ध कायम गर्दै विकास–निर्माणको मार्गमा अग्रसर भएको प्रधानमन्त्रीको भनाइ थियो ।  

नेपालले नयाँ लोकतान्त्रिक गणतन्त्रात्मक शासन पद्धति अङ्गीकार गरी नयाँ संविधानअनुसार नयाँ कानून बनाइ रहेका छौ नेपालले अब विकासका लागि धेरै प्रतीक्षा गर्नसक्ने अवस्था छैन । सवोधनका क्रममा प्रधानमन्त्रीले भने ।

 बैठकमा प्रधानमन्त्रीका धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री डा युवराज खतिवडा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल र परराष्ट्र सल्लाहकार डा राजन भट्टराई लगायतको उपस्थिति रहेको थियो । विश्व आर्थिक मंचको ५० बर्षे इतिहासमा नेपालले पहिलो पटक उक्त बैठकमा भाग लिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *