Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

डलरको सटही सुविधाको सीमा खुम्चाउदैं राष्ट्र बैंक

डलरको सटही सुविधाको सीमा खुम्चाउदैं राष्ट्र बैंक

काठमाडौं, ९ माघ । नेपाल राष्ट्र बैंकले यसअघि ५ सय अमेरिकी डलरको सटही सुविधालाई खुम्चाउदै २ सयमा कटौती गरेको छ । पछिल्लो समय नेपालको भुक्तानी संतुलन विग्रँदै गएको भन्दै राष्ट्र बैंकले त्यसलाई सन्तुलनमा राख्न डलरमा कटौती गरेको हो । राष्ट्र बैंकले मंगलबार परिपत्र जारी गर्दै डलर सटही  कटौती गरेको हो । यो ब्यवस्था सँगै वैदेशिक रोजगारीमा जानेहरूले २ सय डलरसम्म मात्रै साट्न पाउने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकको परिपत्रमा ‘सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानी बापद अधिकतम २०० अमेरिकी डलरसम्म मात्र सटही सुविधा उपलब्ध गराउनुपर्ने छ,’ भनिएको छ । यसअघि पनि राष्ट्र बैंकले यसअघि नै विदेश घुम्न जाने नेपालीले पाउँदै आएको प्रतिव्यक्ति २ हजार ५ सय डलरसम्मको सटही सुविधालाई १ हजार ५ सय डलरमा झारेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x