Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

नयाँ कम्पनीहरुको संख्या बढ्यो, सवैभन्दा बढी प्रदेश तीनमा

नयाँ कम्पनीहरुको संख्या बढ्यो, सवैभन्दा बढी प्रदेश तीनमा

काठमाडौं,१० माघ । चालु आर्थिक बर्षको ६ महिनामा साना तथा ठुला गरि १२ हजार भन्दा बढी नयाँ कम्पनीहरु दर्ता भएका छन् । जनु गतबर्ष यही अवधिमा भन्दा २५ प्रतिशतले बढी हो । गत आर्थिक बर्षको ६ महिनामा ९ हजार बढी कम्पनीहरु दर्ता भएका  थिए ।

कम्पनी रजिष्टर कार्यलयका अनुशार चालु आर्थिक बर्षको ६ महिनामा २६ वटा विदेशी कम्पनी, निजी तर्फ १२,४६३ वटा, ३८ वटा सरकारी सार्वजानीक, र २९३ वटा गैर नाफामुलक कम्पनी दर्ता भएका छन् ।

जसअनुसार १ करोड सम्मको आधिकृत पुँजी भएका १० हजार ८ सय ७३ वटा नयाँ कम्पनीहरु दर्ता भएका छन् भने सो भन्दा माथि पुँजी भएका ४ हजार ९ सय ६६ वटा कम्पनीहरु दर्ता भएका छन् । १ अर्ब भन्दा माथि पुँजी भएको ७ वटा कम्पनी मात्र दर्ता भएको छ ।

सबै भन्दा धेरै नयाँ कम्पनी दर्ता प्रदेश नम्बर ३ मा भएका छन् । तथ्यांक अनुसार प्रदेश ३ मा पुस मसान्त सम्ममा ८,१८२ वटा नयाँ कम्पनीहरु दर्ता भएको कम्पनी रजिष्टरको कार्यलयले जानकारी दिएको छ ।

यसै गरि चालु आर्थिक बर्षको ६ महिनाको अवधीमा प्रदेश नम्बर १ मा ६ महिना सम्म १,०९२ वटा , प्रदेश २ मा ९८७ वटा, प,  प्रदेश ४ मा ८५८ वटा, प्रदेश ५ मा १,१२३ वटा, प्रदेश ६ मा २५१ वटा, प्रदेश ७ मा ३२६ वटा नयाँ उद्योग दर्ता भएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x