उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड र्याडिसनलाई
काठमाडौं, १० माघ । होटल र्याडिसनले पहिलोपटक उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड पाएको छ । नेपालले पहिलोपटक सेवा क्षेत्रमा उत्कृष्ट वित्तीय प्रतिवेदन पुरस्कार जित्न सफल भएको हो । लेखा व्यवसायीको क्षेत्रीय संगठन साफाको अवधारणा र नेपाल चार्टर एकाउन्टेन संस्था आइक्यानको सिफारिसमा नेपालको होटल र्याडिसनले पहिलोपटक उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड पाएको हो।
सन् २००३ बाट साफाले यस्तो पुरस्कार दिने गरेको र आइक्यान नेपालको तर्फबाट उत्कृष्ठ प्रतिवेदनहरू सिफारिस गर्ने गरे पनि सन् २०१६/१७ को प्रतिवेदनलाई आधार मानेर पुरस्कार दिइएको हो।