Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

टुटल माथि करछलिबारे छानविन

टुटल माथि करछलिबारे छानविन

काठमाडौं, १० माघ । यातायात सेवा दिँदै आएको टुटलले कर छलि गरे, नगरेबारे आन्तरिक राजस्व विभागले छानबिन सुरु गरेको छ । भ्याटमा दर्ता नभएको तर त्यही शीर्षकमा ग्राहकबाट १३ प्रतिशत कर पनि उठाएकोमा विभागले टुटलमाथि छानबिन थालेको हो ।

विभागका प्रवक्ता यज्ञप्रसाद ढुंगेलका अनुसार अहिले प्रारम्भिक चरणको छानबिन सुरु भएको र गल्ती भेटिए कारबाही गर्ने बताए । नेपालको यातायात व्यवस्था ऐन, २०४९ मा रातो नम्बर प्लेटका सवारीसाधनले भाडामा यात्रु बोक्न नपाउने व्यवस्था भए पनि टुटल र पठाओले व्यवस्थाविपरीत सेवा दिँदै आएका छन् ।

केही समयअघि ट्राफिक प्रहरी महाशाखाले यस्तो काम गैरकानूनी भएको भन्दै टुटल र पठाओका ४ ओटा मोटरसाइकललाई कारवाही गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x