उद्योग क्षेत्रमा सहयोग पुर्याउन फागुनमा उद्यमशीलता सम्मेलन

काठमाडौं,१० माघ । मुलुकको उद्योग क्षेत्रमा सहयोग पुर्याउ नेपाल उद्यमशीलता सम्मेलनको आयोजना गरिने भएको छ। नेपाल उद्योग परिसंघले, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्थ मन्त्रालयको सहयोगमा यही फागुन २ गते काठमाडौंमा नेपाल उद्यमशीलता सम्मेलनको आयोजना गर्न लागिएको हो ।

सम्मेलनमा सातै प्रदेशहरुका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीहरुबाट सम्बन्धित प्रदेशको उद्यमशीलता र रोजगारीका अवसरका बारेमा कार्ययोजना समेत प्रस्तुत गर्ने छन् ।

उद्यमशीलतालाई आर्थिक समृद्धिको सम्वाहकको रुपमा पहिचान गर्ने, साना, मझौला तथा ठूला उद्योग-व्यवसायलाई सम्मेलनले टेवा पुर्याउने आयोजकले बताएका छन्। सम्मेलनमा  नयाँ युवा उद्यमीबीचको सम्बन्ध विस्तारको प्रक्रिया, पहिचान गरिने छ।

स्वदेशमै उद्योग तथा व्यवसायमा लाग्न अभिप्रेरित गर्ने नीति तथा कानूनको पहिचानसहित आयोजना हुने सम्मेलनमा साना, मझौला तथा ठूला उद्योग-व्यवसायमा संलग्न वा संलग्न हुन चाहने उद्यमी व्यवसायीहरुको लागि अवसरको रुपमा रहेको आयोजकको दावी छ।

‘फेड्रल नेपालः अपरच्युनीटीज फर इन्भेस्टमेन्ट एन्ड ग्रोथ’ नरा दिइएको सम्मेलनको राष्ट्रपति विध्यादेवी भण्डारीले उद्घाटन गर्ने छन भने प्रधानमन्त्रीबाट विशेष सम्बोधन र पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्षबाट समापन गर्ने कार्यक्रम तय गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *