Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

ग्रामिण भेगमा शाखासँगै वित्तिय सचेतना पनि आवश्यक छ : ढुंगाना

ग्रामिण भेगमा शाखासँगै वित्तिय सचेतना पनि आवश्यक छ : ढुंगाना

नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुगांना नेपाल बैंकर्स संघको अध्यक्ष पनि हुन । पछिल्लो समय बैंक तथा वित्तिय क्षेत्रले भोग्नु परेको समस्या, स्थानीय तहमा बैंकिङ पहुँच र निक्षेप संकलनको अवस्थाबारे उनीसँग गरिएको कुराकानीको एक अंश ः


विगतको तुलनामा हाल बैंकहरुको नाफाको वृद्धिदर घटेको देखिन्छ । कारण के होला ?
केही समय अघि बैंकहरुको निक्षेपको दर बढेको थियो । त्यस कारण कस्ट अफ फण्ड बढेर गयो र जुन हिसाबले कस्ट अफ फण्ड बढेको थियो । त्यही हिसाबले हामीले कर्जामा प्रिमियम बढाउन सकेनौ । किन भने कर्जा अत्याधिक महंगो हुने हुँदा बैंकहरुले आफ्नो स्प्रेडलाई कम गरेर राष्ट्र बैंकले तोकिदिए अनुसार साढे ४ प्रतिशतमा ल्याएका छन् । अर्को सरकार र राष्ट्र बैंकको ७ सय ५३ स्थानिय स्तरमा बैंकको शाखा विस्तार गर्नु पर्ने निर्देशनको कारणले गर्दा पनि सबै बैंकहरुले १५ देखि २० वटाको हाराहारिमा नयाँ शाखा खोलेका छन् । त्यसले बैंकको प्रशासनिक खर्चहरु धेरै बढेको छ । यी कारणहरुले गर्दा पनि विगतका बर्षहरुमा जस्तो यो बर्ष नाफामा वृद्धि आउन नसकेको हो ।

राष्ट्र बैंकले संद्यीय संरचनामा सबै बैंकहरुको प्रतिनिधि कार्यालय स्थापना गर्न निर्देशन दिएको छ । यसको फाईदा के होला त ?
नेपाल सरकारको निर्देशन अनुरुप नै सबै बाणिज्य बैंकहरुले स्थानिय स्तरमा आफ्ना शाखा स्थापना गरिरहेका छन् । नेपाल बंगलादेश बैंकले पनि १७ वटा नयाँ शाखाहरु खोलेको छ । मौद्धिक नीतिमा ७ वटै प्रदेशमा प्रादेशि कार्यालय खोल्नु पर्ने निर्देशन अनुरुप नेपाल बंगलादेश लगायत सबै बैंकहरुले प्रादेशिक कार्यालयहरु पनि खोलिसकेका छन् । कुनै प्रदेशमा नयाँ प्रदेशीक कार्यालयहरु स्थापना भएका छन् भने कत्तिपय प्रदेशमा बैंकहरुको ठुलो एक शाखामा प्रदेशीक कार्यालयको लागि छुट्याएर प्रतिनिधि कार्यालयहरु स्थापना गरेका छन् ।

प्रतिनिधि कार्यालय स्थापना पश्चात केन्द्रमा हुने सबै बैकिङ काम कारबाहीहरु प्रदेशीक कार्यालयबाट हुने भयो । शाखा कार्यालयहरुले सानो सानो कामका लागी पनि केन्द्रमा नै सम्पर्क राख्नु पर्ने समस्या हटेको छ । अन्य वित्तिय कारोबारमा पनि यसले गर्दा सहजता सृजना भएको छ ।

ग्रामिण भेगका जनताहरुलाई लक्षित गरि शाखा विस्तार गर्दा त्यहाँ वित्तिय चेतना र वित्तिय पहुँच विस्तारका कार्यक्रमहरु चाँही के के गर्नु भएको छ ?
ग्रामिण भेगमा शाखा विस्तार गर्नु पर्ने भए पछि त्यहाँ वित्तिय चेतना र पहुँचको आवश्यकता त अवश्य नै पर्छ । बैंकको शाखा विस्तार पछि वित्तिय चेतना स्वाभिक रुपले नै बढीरहेको छ । शाखा विस्तारसंगै सबै बैंक तथा वित्तिय संस्थाहरुले वित्तिय साक्षरता र वित्तिय पहुँच बढाउनका लागि त्यस क्षेत्रका सम्बन्धीत निकायहरुसंग समन्वय गरि विद्यालय, कलेज लगायत अन्य स्थानहरुमा पनि वित्तिय चेतना सम्बन्धी कार्यक्रम तथा सीप मुलक तालिमहरु संचालन गरिरहेका छन् ।

नेपाल सरकारले ७ सय ५३ स्थानिय स्तरमा क वर्गका बैंक जाने भने पनि लगभग ८० प्रतिशत भौगोलिक क्षेत्रमा बैंकहरु पुगि सकेका छन् । वित्तिय पहुँच पुग्यो । अब वित्तिय साक्षरता बढाउन बैंकले दिने सुविधाहरु र लगानीहरुको बारेमा, अनुत्पादक क्षेत्रमा रहेका पैसाहरुलाई कसरी उत्पादनशील क्षेत्रमा लगानी गर्ने, त्यसमा बैंकको भुमिका, बचतका फाईदाहरु लगायतका कुराहरु त्यस क्षेत्रको जनतालाई बुझाउदै अब हामी जान्छौं ।

शाखा विस्तारसंगै निक्षेपकर्ताको संख्यामा वृद्धि भएता पनि निक्षेपको आकारमा भने वृद्धि देखिन्दैन कारण के हो ?
तपाईले भन्नु भए जस्तै अहिले सबै बैंकहरुको ग्रामिण भेगमा नयाँ खोलिएका शाखामा निक्षेपकर्ताको सख्यामा वृद्धि त भएको छ । तर सो अनुसारमा निक्षेपको आकारमा भने वृद्धि हुन सकेको छैन । समग्रमा ४ देखि ६ करोड सम्म मात्र निक्षेप संकलन छ भने कर्जा लगानी सो भन्दा बढी नै छ । निक्षेप भनेको सुगम क्षेत्रमा मात्र हुने रहेछ । हामीले जुन हिसाबले गाँउमा घर घरमा पैसा राखिएको छ भनेर हामीले आँकलन गरेका थियौ । त्यस्तो किसिमले चाँही अहिले पैसा बैकिङ्ग च्यानलमा आउन सकेको छैन । सम्पुर्ण बैंकहरुको निक्षेपको वृद्धिदर नेपाल राष्ट्र बैंकले राखेको लक्ष्य भन्दा धेरै कम छ ।

निक्षेप वृद्धि नहुनुमा त यो देखि बाहेक सरकारी खर्च समयमा नहुनु, रेमिट्यान्समा सोचे अनुसारको वृद्धि नहुनु, आर्थिक गतिविधि सुस्ताउनु लगायतका कारणले पनि काम गरेको छ।

यो समस्या समाधानका लागि बैंकहरु, नियमक निकाय र नेपाल सरकारले के गर्न आवश्यक छ ?
यसमा हामीले बारम्बार भनिरहेका छौं । यस्तो बेलामा निक्षेपको आकार बढाउनका लागि राष्ट्र बैंकले रि फाइनान्सिनको आकार पनि अनलिमिटेड गरिदिएको भए त्यसले क्रेडिट क्रियसन पनि बढाउथ्यो र निक्षेप पनि स्वत बढ्थ्यो । दोस्रो कुरा बैंकहरुले पनि अब डिजिटल बैंकिङ्ग तिर केन्द्रित हुनु प¥यो । अहिले डिजिटल बैंकिङ्गमा सानो सानो एमाउण्टमा लिमिटहरु राखिएको छ । त्यसमा नेपालको बैंकिङ्ग क्षेत्र अलि अगाडी आउन सकेको छैन । हामीले डिजिटल बैंकिङ्गलाई बढी जोड दिदाँ त्यसले गर्दा पनि निक्षेपको आकार बढाउछ ।

नियमक निकायलाई अनौपचारीक क्षेत्रमा निक्षेप गएको छ जस्तो लाग्छ भने अनौपचारीक क्षेत्रमा पनि अलिकति नीति नियमन, एमएल, केवाइसीका प्रवधानहरु गरिदियो भने बैंकिङ्ग क्षेत्रबाट बाहिर गएका पैसाहरु बैंकिङ्ग च्यानलमा आउछ भन्ने सुझाव हामी सबै बैंकर्सहरुले राष्ट्र बैंकलाई दिएका छौं । साथै स्थानियतहमा जाने पैसालाई भोलि पल्ट नै सरकारले फर्काएर ल्याउने व्यवस्थालाई खारेज गर्नु प¥यो । एक पटक बैंकिङ्ग च्यानलमा आएको पैसालाई त्यही रहन दिनु प¥यो भन्ने हाम्रो माग अनुसार नेपाल सरकारले अहिलेलाई ५० प्रतिशत रकम रहन दिने भन्ने व्यवस्थाले बैंकिङ्ग क्षेत्रमा ४० देखि ५० अर्ब निक्षेपको आकार बढेको छ । आशा गर्छौ आगामी दिनमा सतप्रतिशत नै बैंकिङ्ग क्षेत्रलाई दिने भन्ने नेपाल सरकारले व्यवस्था गर्छ त्यस पछि अझ अर्को त्रैमास तिर निक्षेपमा वृद्धि होला ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x