Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

सिभिल बैंक र जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

सिभिल बैंक र जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं, ११ माघ । सिभिल बैंकले जनरल इन्स्योरेन्स कम्पनी नेपालसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र जनरल इन्स्योरेन्सका तर्फबाट महाप्रबन्धक एसके टामोटले हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै जनरल इन्स्योरेन्सले दिने बीमा सेवा सिभिल बैंकका देशभर छरिएका ७१ शाखाहरूमार्फत उपलब्ध हुने बैंकले जानकारी दिएको छ । बैंकले यसअघि पनि आफ्ना ग्राहकलाई निर्जीवन तथा जीवन बीमा कम्पनीहरूसँग सम्झौता गरी निर्जीवन तथा जीवन बीमा सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x