Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

ललितपुरको कुपण्डोलमा मुक्तिनाथ विकास बैंकको शाखा

ललितपुरको कुपण्डोलमा मुक्तिनाथ विकास बैंकको शाखा

काठमाडौं, ११ माघ । मुक्तिनाथ विकास बैंकले ललितपुरको, कुपण्डोलमा शाखा कार्यालय संचालनमा ल्याएको छ । उक्त शाखाको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले उद्घाटन गरे ।

उनले बैंकिङ्ग कारोवारमा सहज र सरल हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराएका थिए । यस विकास बैंकले लिएको समावेशी वित्तीय पहुँच विस्तारलाई अझै विस्तार गरी लघुउद्यम तथा लघु व्यवसाय विस्तारमा जोड दिने उनको भनाई थियो ।

मुक्तिनाथ विकास बैंकको हाल सम्म काठमाण्डौ उपत्यका भित्र कुपण्डोल लगायत महाराजगंज, कमलादी, सीतापाईला, कुलेश्वर, लगनखेल, न्यूरोड, नयाँ बानेश्वर, चावहील, माछापोखरी, लगायतका १४ शाखाबाट सेवा दिदै आएको छ । इमाडोल, भैसेपाटी, ठिमी, बनेपा, ढुङ्गेअड्डा, बत्तीसपुतलीबाट पनि शीघ्र औपचारिक रुपमा सेवा सञ्चालनको तयारीमा रहेको जनाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x