Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

इसेवा स्थापनाको दशौं वर्षमा

इसेवा स्थापनाको दशौं वर्षमा

काठमाडौं, ११ माघ । भुक्तानी सेवा प्रदायक ‘इसेवा फोन पे प्रालि’ स्थापनाको दशौ वर्षमा प्रवेश गरेको छ । यो अवधीमा इसेवाले ४५ हजार एजेन्ट नेटवर्क मार्फत ७५ लाख सेवाग्राहीलाई समेट्न सफल भएको छ ।

२००९ को अन्त्यमा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवा हाल मुलुकका हरेक कुनाकाप्चामा पुग्न सफल भएको छ । मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने इसेवाले एक दशकको अवधिमा ठुलो फड्को मारेको दाबी गरेको छ ।

इसेवाको मोबाईल एप्स् डाउनलोड गर्नेको संख्या पनि करिब १० लाख पुगिसकेको छ । इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x