दोस्रो त्रैमासमा कामनाको नाफा १३ करोड ८२ लाख

काठमाडौं, १२ माघ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कामना सेवा विकास बैंकले १३ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा बैंकले १३ करोड ६० लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी २२.४९ प्रतिशतले बढेर ३७ करोड ८४ लाख २१ हजार रुपैयाँ, सञ्चालन नाफा १८ करोड ८३ लाख ८७ हजार रुपैयाँ पुगेको छ ।

यस अवधीमा बैंकले १७ अर्ब २७ करोड ८५ लाख रुपैयाँ निक्षेप संकलन गरि १५ अर्ब ७४ करोड ३९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *