नेपाल एयरलाइन्सको छुट योजना
काठमाडौं,१३ माघ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्सले अन्तराष्ट्रिय यात्रुलाई टिकटमा छुट सुविधा ल्याएको छ ।
निगमले काठमाडौं–बैंकक–काठमाडौं यात्रामा जाने यात्रुलाई ‘वान टिकट फ्रि इन ग्रुप फाइप’ योजनाअन्तर्गत पाँच जनाको समूहमा टिकट खरीदमा एक जनालाई टिकट निःशुल्क गराउने छुट योजना ल्याएको हो । यस्तै काठमाडौं बैंकककाे दुईतर्फी टिकटको मुल्य जम्मा २६ हजार कायम गरिएको छ ।
आगामी तीन महीना (जनवरी, फेबुअरी र मार्च) सम्म यो योजना लागू हुने निगमले जनाएको छ। पर्यटन प्रवद्र्धन तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यका साथ यस्तो छुट योजना ल्याइएको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिए