Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

उद्योग बाणिज्य महासंघमा विद्यान संशोधनबारे छलफल,सदस्यहरु दुई धारमा

उद्योग बाणिज्य महासंघमा विद्यान संशोधनबारे छलफल,सदस्यहरु दुई धारमा

काठमाडौ., १३ माघ । नेपाल उद्योग बाणिज्य महासंघको कार्यसमिति बैठक जारी छ । टेकुस्थित कार्यालयमा जारी बैठकमा विद्यान संशोधनबारे छलफल भइरहेको जानकारी प्राप्त भएको छ ।
विद्यान संशोधन गरि बरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने व्यवस्था गरेको दुई वर्ष नपुग्दै संशोधनबारे महासंघका सदस्यबीच मतभेद छ । केही अहिलेकै व्यवस्था कायम रहनुपर्ने पक्षमा छन् भने केही विद्यान संशोधन गरि सो व्यवस्था हटाउनुपर्ने पक्षमा छन् ।

पूर्वअध्यक्ष चण्डिराज ढकालको नेतृत्वमा समिति नै बनाएर यसबारे तयारी थालिएको थियो । समितिको नेतृत्व गरिरहेका ढकाल स्वयंम विद्यान संशोधन गरि बरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने व्यवस्था हटाउनुपर्ने पक्षमा छन् ।

हालका बरिष्ठ उपाध्यक्षलाई अर्को पटक अध्यक्ष नबनाउन यस्तो चलखेल भएको आरोप लगाउदै बरिष्ठ उपाध्यक्ष सहित अन्य केही सदस्यहरुले जारी बैठकमा पनि त्यसको विरोध गरिरहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x