९१ दिनका लागि राष्ट्र बैंकद्वारा २ अर्वको ट्रेजरी

काठमाडौं, १३ माघ । नेपाल राष्ट्र बैंकले २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकले ९१ दिनका लागि २ अर्ब रुपैयाँ १ बर्ष सम्मका लागि माघ १४ गते सम्म बोलपत्र आह्वानका लागि सुचना जारी गरेको छ।
अनलाईन सिस्टम मार्फत बोलपत्र पेश गर्नु पर्ने उक्त ट्रेजरी बिलको बोलकबोल माघ १४ गते अपरान्ह २ बजे हुने र सो को बिल वितरण माघ १५ गते हुने राष्ट्र बैंकले जनाएको छ । यस अघि माघ १० गते पनि राष्ट्र बैंकले ५ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल जारी गरेको थियो ।
ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको स्रोत जुटाउन यो बिल विक्रि गरिन्छ ।