Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

कैलाली भन्सारमा लक्ष्य भन्दा बढी राजस्व संकलन

कैलाली भन्सारमा लक्ष्य भन्दा बढी राजस्व संकलन

कैलाली, १३ माघ । सुदूरपश्चिम प्रदेशको कैलाली भन्सार कार्यालय नाकाबाट छ महीनामा  नौ अर्ब ९९ करोड ६७ लाख बराबरको विभिन्न मालसामान आयात भएको छ । सो आयातबाट करीब २ अर्ब ४१ करोड ४८ लाख बराबरको राजस्व संकलन भएको भन्सार कार्यलयले जनाएको छ ।

पछिल्लो छ महिनामध्ये सबैभन्दा बढी राजस्वमा असोज महीनामा रु ५७ करोड दुई लाख २७ हजार राजश्व सङ्कलन भएको कार्यलयको भनाई छ । त्यस्तै भदौमा रु ३८ करोड १५ लाख ५२ हजार राजश्व सङ्कलन भएको र आ.ब ०७५÷ ०७६ श्रावण देखी पौष सम्म छ महिनाको लक्ष्य २ अर्ब ४१ करोड ८ लाख रकम रहेपनि लक्ष्य भन्दा बढी २ अर्ब ४१ करोड ४८ लाख बराबरको राजस्व संकलन भएको कार्यालयका सूचना अधिकारी गोपीकृष्ण उप्रेतीले बताए । आर्थिक  वर्ष २०७४÷७५ मुद्धाको तुलनामा चालु वर्षको ६ महिनाको अवधी मै कैलाली भन्सार कार्यालयमा दोव्वरले मुद्धा दर्ता भएको  प्रमुख भन्सार अधिकृत अर्यालको भनाई छ  । यस्तै गत आर्थिक वर्षमा कार्यलयले ३ अर्व ८७ करोड राजश्व सङकल गर्ने लक्ष्य राखेकोमा ४अर्व २० करोड राजश्व सङकल गरेको थियो । चालु आर्थिक वर्षका लागी कार्यलयले ५ अर्व ३७ करोड  राजश्व सङकल गर्ने लक्ष्य राखेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x