राष्ट्र बैंकले रु दुई अर्ब बराबरको टेजरी बिल बिक्री गर्दै

काठमाडौं,१३ माघ । नेपाल राष्ट्र बैंकले रु दुई अर्ब बराबरको टेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले पछिल्लो समयमा लगातार टेजरी बिल बिक्री गर्दै आएकामा सोमबार पुनःटेजरी बिल बिक्री गर्न लागेको हो । राष्ट्र बैंकका अनुसार सोमबार बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको टेजरी बिल बिक्री गर्न लागिएको हो । बैंकले ९१ दिने अवधिका लागि उक्त बिल बिक्री गर्न लागिएको जनाएको छ । बैंकले यसअघि रु पाँच अर्ब ५० करोड बराबरको टे«जरी बिल बिक्री गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *