Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

जनता बैंकको रेमिट्यान्स सेवा बेलायताबाट पनि

जनता बैंकको रेमिट्यान्स सेवा  बेलायताबाट पनि

काठमाडौं, १३ माघ । जनता बैंक नेपालले वेलायतबाट रेमिट्यान्स सेवाको शुभारम्भ गरेको छ । बैंकले साजन एक्स्चेन्ज लिमिटेड, बेलायतसँग संझौता गरी रेमिट्यान्स सेवा संचालनमा ल्याएको हो । ‘‘नेपाली जनताको बैंक, जनताबैंक’’भन्ने नारालाई आत्मसाथ गरी अनवरत रुपले नेपाली जनताको घरदैलोमा बैकिङ्ग सेवा पु¥याउदै आएको बैंकको आन्तरिक रेमिट्यान्स सञ्जाल देश भित्रकै ठूलो मध्येको रहेको छ । बराक साजन एक्स्चेन्ज लिमिटेड ईङ्ल्याण्ड र वेल्समा एक्स्चेन्ज कम्पनीको रुपमा आबद्ध भएको बराक बैंक लिमिटेड, बंगलादेशको भगिनि संस्था हो ।

बैंकले यसै आर्थिक बर्ष देखि भारत लागएत अन्य देशबाट समेत इन्टरनेशनल रेमिट्यान्स सेवा सञ्चालनमाल्याएको छ । भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकाको ठूलो समुदायमाएक्स्चेन्ज सेवा पु¥याउदै आएको बराक साजन एक्स्चेन्ज लिमिटेडले यो संझौता सँगै पहिलो पटक नेपालीसमुदायमापनि सेवा प्रारम्भ गर्ने भएको छ । बराक साजन एक्स्चेन्ज लिमिटेडले निकट भविष्यमै पोल्याण्ड, इटली, पोर्चुगल र स्पेनमा पनि आफ्नो सेवा विस्तार गर्दैछ । उक्त सेवा पश्चात ति मुलुकमा रहेका नेपालीहरुले समेत जनता रेमिटमार्फत नेपालमा पैसा पठाउन सक्नेछन् ।

उक्त रेमिट सेवाबाट पठाइएको रकम देशभरी रहेकाजनता बैंकको १२९ शाखाबाट भुक्तानी लिन अथवा जनता बैंकमा रहेको आफ्नो खातामा जम्मा गर्न सकिनेछ । जनता बैंकले देश भरीमा १२९शाखासञ्जाल, ५० शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ८२ एटिएमबाट सरल र सहजर सरल रुपमा बैकिङ्ग सेवा प्रदान गरिरहेको  छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x