
काठमाडौं, १५ माघ । कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ह्विलचियर प्रदान कुष्ठरोगका विरामीहरुलाई ह्विलचियर प्रदान गरेको छ । बैंकले ६६ औ विश्व कुष्ठरोग दिवसको अवसर पारेर लायन्स क्लव अफ पोखरा सेन्ट्रल टाउनसँंगको सहकार्यमा पोखरा हरियो खर्क स्थित कुष्ठरोग अस्पतालमा आयोजित एक कार्यक्रमका बीच उक्त अस्पतालमा रहेका कुष्ठरोगका विरामीहरुलाई ह्विलचियर प्रदान गरेको हो ।
हाल अस्पतालमा ४० जना भन्दा बढी जटिल अवस्थाका विरामीहरु रहेका र बैंकको सोे सहयोगले थौरै भएपनि राहतमिल्ने र आगामीदिनमा समेत यस्ता समाजिक कामहरू गर्दै जाने बैंकले जनाएको छ ।
बैंक नाफामुखि मात्र नभएर सामाजिक रुपमा पनि उत्तरदायी रहेको रहालदेशभरी आफ्ना ६४ वटा शाखातथा १७ वटा एटिएम मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदानगर्दै आएको छ ।
Leave a Reply