Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

मंगलबार सेयर बजारमा ३.८९ अंकको गिरावट

मंगलबार सेयर बजारमा ३.८९ अंकको गिरावट

काठमाडौं, १५ माघ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३.८९ अंकले घटेर ११६०.९९ को बिन्दुमा कारोबार बन्द भएको छ । सो दिन कारोबार भएको १ सय ६३ कम्पनीको १०,३५,७१ कित्ता शेयर खरिद बिक्री हुँदा ३० करोड ८० लाख रुपैयाँ भन्दा बढीकोे कारोबार भएको छ । कारोबारमा प्रभु बैंकको प्रमोटर शेयरले अग्रता लिएको छ । जसको आज ३ करोड ५७ लाख १५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।


त्यस्तै मंगलबार सामुदायिक लघुवित्त वित्तीय लिमिटेडका लगानीकर्ताहरुले सबै भन्दा बढी कमाएका छन् । जसको शेयरमा आज ५ प्रतिशतले वृद्धि भएको छ भने जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सबै भन्दा बढी गुमाएका छन् । संस्थाको शेयर मूल्यमा ८.२०३८३ प्रतिशतले घटेको छ ।


मंगलबार नेप्सेमा सुचिकृत १० वटा समुह मध्ये ३ वटा समुहको परिसुचक बढेको छ भने ७ वटा परिसुचकहरु घटेको छ । समुह बढ्ने फाइनान्स समुह, उत्पादन तथा प्रसोधन समुह र अन्य समुहको परिसुचक बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x