Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

दोस्रो चरणको निर्वाचनमा ६७ प्रतिशत मत खस्यो, निर्वाचन शान्तिपूर्ण

दोस्रो चरणको निर्वाचनमा ६७ प्रतिशत मत खस्यो, निर्वाचन शान्तिपूर्ण

काठमाडौं, मंसीर २२ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि दोस्रो चरणमा भएको निर्वाचनमा ६७ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । यसअघि हिमाली जिल्लाहरुमा पहिलो चरणमा सम्पन्न निर्वाचनमा ६५ प्रतिशत मत खसेको थियो । मतदान उत्साहपूर्ण र शान्तिपूर्ण ढंगले सम्पन्न भएको भन्दै आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले यसअघि निर्वाचन सम्पन्न भएका जिल्लाहरुको मतगणना बिहीबार साँझ पाँच बजेदेखि शुरु भएको बताए । दोस्रो चरणको निर्वाचनको भने मतपेटिकाहरु संकलन गरी आज (शुक्रबारदेखि) मतगणना शुरु हुनेछ ।
निर्वाचन आयोगले शान्तिपूर्ण र उत्साहपूर्ण ढंगले निर्वाचन सम्पन्न गर्न सहयोग पुर्याउने सबै सरोकारवालाहरु तथा मतदाताहरुलाई धन्यवाद दिदैं यसले संविधानले तोकेको गहन जिम्मेवारी सम्पन्न भएको बताएको छ । निर्वाचन सकिएलगत्तै ३२ जिल्लाको गणना शुरु भएको छ भने मुस्ताङ जिल्लाको मतपरिणाम पनि घोषणा भएको छ । मुस्ताङबाट निर्वाचित भएका नेकपा एमालेका सांसद् प्रेमप्रसाद तुलाचनको नाम घोषणा भैसकेको छ । तुलाचनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रोमी गौचन थकालीलाई पराजित गरी सांसद् चुनिएका हुन् । मतगणना भैरहेको पहिलो चरणको प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको मतपरिणाममा एमालेले अग्रता लिएको छ । प्रतिनिधिसभामा एमाले १८ स्थानमा अग्रस्थानमा छ भने कांग्रेस ४ र माओवादी केन्द्र १३ स्थानमा अग्रता लिएको छ । त्यस्तै प्रदेशसभामा पनि एमालेले १४ स्थानमा अग्रता लिएको छ भने नेपाली कांग्रेस ४ र माओवादी केन्द्र ८ स्थानमा अगाडी छ । एमाले र माओवादी दुई ठूला वामपन्थी दलहले सहकार्य गरी निर्वाचनमा भाग लिएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x