प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी, अधिकांश स्थानमा बाम गठबन्धनकै अग्रता

काठमाडौं, २२ मंसिर । संघीय संरचना अनुसार दुई चरणमा गरि प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएको छ । निर्वाचन सम्पन्न भएसँगै यतिबेला आम मतदाता नतिजाको प्रतिक्षामा छन् ।

दोस्रो चरण अन्तर्गत बिहिबार बाँकी ४५ जिल्लामा निर्वाचन सम्पन्न भएलगतै साँझ ५ बजेदेखि नै पहिलो चरणमा निर्वाचन भएका ३२ जिल्लाको मतगणना सुरु गरिएको थियो । जसको नतिजा आउने क्रम जारी छ । अहिले सम्मको नतिजा अनुसार पहिलो चरणमा निर्वाचन भएका अधिकांश स्थानमा बाम गठबन्धनले नै अग्रता लिइरहेको छ ।

त्यस्तै दोस्रो चरण अन्तर्गत बिहिबार सम्पन्न भएको निर्वाचन क्षेत्र मध्ये कतिपय स्थानको मतगणना पनि सुरु भइसकेको छ भने केही स्थानमा सर्वदलिय बैठक जारी  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *