Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

गुराँस लाइफ इन्स्योरेन्स र कुमारी बैंक बीच बैंकासुरेन्स सम्झौता

गुराँस लाइफ इन्स्योरेन्स र कुमारी बैंक बीच बैंकासुरेन्स सम्झौता

काठमाडौं, २२ मंसिर । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र कुमारी बैंक लिमिटेड बीच बैंकासुरेन्स सम्बन्धि सम्झौता भएको छ । सम्झौतामा गुराँस लाइफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराई र कुमारी बैंकका तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले हस्ताक्षर गरेका छन् ।

आफ्ना ग्राहक वर्गलाई सहज रुपमा सेवा प्रदान गर्नको लागि सो सम्झौता गरिएको जनाएको छ । कुमारी बैंक लिमिटेडका ग्राहकहरुले बैंकका सम्पूर्ण शाखा मार्फत गुराँस लाइफ इन्स्योरेन्स लिमिटेडको जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा सहज रुपले लिन सक्नेछन् ।

गुराँस लाइफले हाल मात्र नेपालको जीवन बीमा बजारमा नौलो र आकर्षक योजनाहरु प्रस्तुत गरेको छ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले वार्षिक नगद फिर्ता जीवन बीमा र एउटै योजनामा सावधिक , आजीवन र पेन्सन जीवन बीमा योजना लगायत १२ वटा योजना ६४ शाखा तथा उपशाखा कार्यालय मार्फत सेवा उपलब्ध गराउदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x