Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

बैंक अफ काठमाण्डुको संस्थापक शेयर लिलामी आजबाट

बैंक अफ काठमाण्डुको संस्थापक शेयर लिलामी आजबाट

काठमाडौं, २२ मंसिर । बैंक अफ काठमाण्डुको ६१ लाख ५८ हजार ६७ कित्ता संस्थापक शेयर साधारण शेयरधनीहरुका लागि लिलामीमा बिक्री आजबाट खुल्ला गरिएको छ । बैंकले मांसिर २२ देखी २९ गते सम्मका लागि विक्री खुल्ला गरिएको बताएको छ । बैंकको उक्त संस्थापक शेयर बढाबढ मुल्यमा लिलामीमा बिक्री हुने भएको हो ।

बैंकले लिलामी गर्ने भनिएको संस्थापक शेयरका लागि आवेदनकर्ताले न्युनतम एक सय रुपैयाँ वा सो भन्दा बढि मुल्यमा लिलाम बढाबढमा खरिद गर्न पाउने छ । बैंकले लिलाम गरेको संस्थापक शेयरको बिक्री प्रबन्धकमा नबिल इन्मेष्टमेन्ट बैकिङ लिमिटेडलाई नियुक्त गरेको छ । यस शेयरको आवेदन नबिल इन्भेष्टमेन्टको नक्साल स्थित कार्यलय र विओकेको सम्वन्धित शाखा कार्यलयहरुमा दाखिल गर्न पाउने व्यवस्था गरिएको छ ।

बैंकको यस संस्थापक शेयरको विक्री पछि बैंकको चुक्ता पुँजी ६ अर्ब २४ करोड रुपैयाँ पुग्ने छ । बैंकको हाल चुक्ता पुँजी ५ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । केन्द्रिय बैंकले तोके बमोजिमको चुक्ता पुँजी पुर्याउन बैंकलाई १ अर्ब ७६ करोड रुपैयाँको आवश्यकता पर्दछ । बोनस शेयर वितरण गरेर बैंकले तोकिएको चुक्ता पुँजी पुर्याउने सम्भावना रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x