Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

औषधी उद्योगमा देखिएका समस्या समाधानमा सरकार तयार छ : ईश्वर पोखरेल

औषधी उद्योगमा देखिएका समस्या समाधानमा सरकार तयार छ : ईश्वर पोखरेल

काठमाडौं, १६ माघ । उपप्रधान एवं रक्षा मन्त्री इश्वर पोखरेलले औषधी उद्योगमा देखिएका सबै समस्याहरुको समाधान सरकारले गर्ने प्रतिवद्धता जनाएका छन् । बुद्यबार देउराली जनता फर्मास्युटिकल्सको २८ औं बार्षिकोत्सब समारोहमा उनले सम्भावना भएका क्षेत्रहरुमा स्थापन हुन चाहने हरेक उद्योगहरुलाई सरकारले उपयुक्त वातावरण र संरचनाहरु निमार्ण गरिदिने बताए ।

स्वदेशमा नै उपलब्ध हुने कच्चा पर्दाथहरु पनि उद्योगीहरुले अन्य मुलुकहरुबाट आयात गर्ने गरेको बताउदै मन्त्री पोखरेलले उद्योगीहरुले उत्पादनसंग सम्बन्धीत सहायक उद्योगहरुको विकासमा ध्यान दिनु पर्ने बताए । अहिले पनि बिदेशबाट ५५ प्रतिशत औषधि आयात गर्नुपर्ने बाध्यता रहेको भन्दै औषधिमा आत्मनिर्भरको लागि स्वदेशी लगानीमा प्रबद्र्धन गर्नुपर्ने उनको भनाई छ ।

कार्यक्रममा औषधी विभागका महानिर्देशक नारायण ढकालले नेपालमा संचालित औषधी उद्योगहरुले अनुसन्धानात्मक औषधीहरु उत्पादन गर्नु पर्नेमा जोड दिए । उनले विदेशी कम्पनीहरुले औषधी उद्योगको क्षेत्रमा गरेको असल कामहरुलाई नेपाल भित्र्याउदै आयातित कच्चा पर्दाथ र औषधीहरुको पनि राम्रो भण्डारण गर्ने औषधी उद्योगीहरुलाई निर्देशन दिए ।

यस्तै देउराली जनता फर्मास्युटिकल्सका कार्यकारी निर्देशक हरिभक्त शर्माले नेपाल दक्षिण एसियाली मुलुकहरुमा सबै भन्दा बढी सामान आयात गर्ने मुलक भएको बताए । उनका अनुसार नेपालमा नै सम्भावना भएको औषधीहरु उत्पादनमा रोक लगाई सरकारले खुल्ला रुपमा विदेशबाट आयातगर्नमा भने प्रोत्साहन गरेको बताए ।

हाल १ सय प्रकारका औषधीहरु नेपालमा नै उत्पादन हुने जानकारी दिए । सबै प्रकारको खुल्ला आयातलाई रोक लगाउन सरकार सक्षम भए मात्र नेपाल औषधीमा निर्भर हुन सक्ने बताए । पुराना नीति संशोधन गरेर समृद्धिको बाटो खोल्नु पर्नेमा सरकारले त्यो गरेको भन्दै उनले विदेशी लगानीकर्ताहरुलाई उत्साहित गरेर नीति बनाउदाँ स्वदेशी लगानीकर्ताहरुलाई भने निरुत्साहित गरेको गुनासो गरे ।

देउराली जनता फर्मास्यूटिकल्सले विश्व स्वास्थ्य संगठनको निर्देशन अनुसार अत्याधुनिक उपकरणबाट उच्च गुणस्तरीय ३ सय २० प्रकारका औषधीहरू उत्पादन गर्दै आएको छ । नेपालको ४५ प्रतिशत औषधीको मागलाई पुरा गदै हाल सम्म कम्पनीले ५ सय ७ जना युवाहरुलाई रोजगारी दिएको जनाइएको छ । नेपालमा हाल सम्म ५३ वटा औषधी उद्योगहरु संचालनमा रहेका छन् भने १५ वटा संचालनको प्रक्रियामा छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x