Date

आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

लघुवित्त संस्थालाई विदेशी मुद्रामा ऋण लिन नयाँ ब्यवस्था

लघुवित्त संस्थालाई विदेशी मुद्रामा ऋण लिन नयाँ ब्यवस्था

काठमाडौं,१८ माघ ।  लघुवित्त संस्थालाई विदेशी मुद्रामा ऋण लिन राष्ट्र बैंकले नयाँ ब्यवस्था  गरेको छ । यस ब्यवस्था सँगै अब लघु वित्त संस्थाले विदेशी बैंक तथा वित्तीय संस्था वा अन्य संस्थाबाट परिवत्र्य विदेशी मुद्रामा ऋण लिन पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले एक सुचना निकालेर यस्तो  व्यवस्था गरेको जनाकरी दिएको हो । सुचनामाविदेशी मुद्रा आर्जन गर्ने पर्यटन, कृषि क्षेत्र, लघु उद्यम तथा व्यवसाय, लघु जलविद्युत् तथा नवीकरणीय ऊर्जा, रोजगारी तथा स्वरोजगारी सिर्जनामार्फत आयआर्जन, गरिबी निवारणका लागि विदेशी बैंक तथा वित्तीय संस्थाबाट परिवत्र्य मुद्रामा ऋण लिन पाउने बाटो खुला गरिएको छ ।

राष्ट्र बैंकले तोकेका पूँजीकोष कायम गरेका संस्थाले त्यस्तो ऋण पाउने व्यवस्था गरिएको छ । त्यस्तो ऋण लिँदा उक्त ऋण रकम बराबरको रकमसमेत जोड्दा प्राथमिक पूँजीको बढीमा ३० गुणासम्म मात्र वित्तीय स्रोत परिचालन हुनसक्ने व्यवस्था गरिएको छ । ऋण लिन सञ्चालक समितिबाट निर्णय भएको हुनुपर्ने, यस्तो ऋणको भुक्तानी अवधि न्यूनतम एक वर्षदेखि बढीमा पाँच वर्षको हुनुपर्ने, तर बैंकले स्वीकृत गरेको खण्डमा नवीकरण पनि हुने व्यवस्था गरिएको छ । ऋणको व्याजदरलगायतका अन्य शुल्कसमेत तोकिएबमोजिम हुने व्यवस्था उल्लेख गरिएको छ ।

यस्तै विदेशबाट ऋण ल्याउँदा कुनै पनि धितो, जमानत वा बैंक ग्यारेन्टी हुन नहुने र अनिवार्य रुपमा बैंकका लेखाङ्कन गराउनुपर्ने व्यवस्था गरिएको छ । ऋणको व्याज भुक्तानी गर्दा प्रचलित नियमानुसार लाग्ने कर कट्टी गरेर भुक्तानी गर्नुपर्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *