Date

शुक्र, पुस २६, २०८१
Fri, January 10, 2025

बैंकहरुले ब्याजदर बढाएकोमा ब्यवसायी आन्दोलित, समस्या समाधानका लागि राष्ट्र बैंकलाई आग्रह

बैंकहरुले ब्याजदर बढाएकोमा ब्यवसायी आन्दोलित, समस्या समाधानका लागि राष्ट्र बैंकलाई आग्रह

काठमाडौं, १८ माघ । बैंकहरूले मनोमानी ढंगबाट ब्याजदर बढाएको भन्दै देशैभरका उद्योगी ब्यवसायी आन्दोलित भएका छन् । निजी बैंकहरूले मनोमानी ढंगले ब्यजदर बढाउदा पनि समस्या समाधानका लागि कुनै पहल नगरिएको भन्दै उनिहरु आन्दोलित भएका हुन । नियमन गर्ने निकाय राष्ट्र बैंककै  मौन बसेको भन्दै राष्ट्र बैंककै तत्काल समस्या समाधानमा पहल नगरे राष्ट्र बैंकको विरुद्धमा आन्दोलनमा जाने उद्योगीले बताएका छन् ।  

विराटनगरबाट सुरु भएको आन्दोलनलाइ विरंगज, रुपन्देही जिल्ला लगायतका ब्यवसायीहरुले एकिवद्धता बढाउदै लगेका छन् । विराटनगरका उद्योगी व्यापारीले शुरू गरेक गरेको आन्दोलनलाई वीरगञ्ज उद्योग वाणिज्य संघ र सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीले साथ दिएका छन् । दुवै उद्योग संगठनले बिहीबार उद्योग संगठन मोरङ र मोरङ व्यापार संघलाई ऐक्यवद्धता पत्र पठाएर माघ १३ गतेदेखि २३ गतेसम्म घोषित प्रथम चरणको आन्दोलनका कार्यक्रमलाई पूर्ण समर्थन रहने जनाएका हुन्।

उद्योग व्यवसाय क्षेत्रले भोग्नु परेको विविध समस्या एवं मुख्य रुपमा उद्योग व्यवसाय क्षेत्रहरूमा वाणिज्य बैंक तथा वित्तिय संस्थाहरूबाट हुने लगानीमा लगाउने गरिएको चर्को ब्याजदर नियन्त्रण कुनै पहल नभएको देश भर आन्दोलन चर्काउने उतनिहरुको चेतावनी छ ।

सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष कुलप्रसाद न्यौपाने र वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले बैंकले लिने ब्याजदर अत्याधिक भएको भन्दै चरणबद्ध विरोध कार्यक्रम गर्नुपर्नेमा जोड दिएका छन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x